बैंकले तताएको शेयर बजारमा हेर्नुहोस् आज कुन बैंकले बाजी मार्यो त।

आजको शेयर बजारमा बैंक तर्फका सबै कम्पनीका शेयरहरु बढेका छन्। नेप्से सुचांक आज १३.७२ अंकले बढेर ११६३.४७मा बन्द भयो। बैंकिंंङ सुचांक पनि आज १९.६७ अंकले बढ्यो र सबैभन्दा बढी कारोबार पनि बैंकिङ समूहकै भयो।

आज २७ वटै कमर्सियल बैंकको शेयर मुल्य बढेको छ। आज सबैभन्दा बढि एनआईसी एसिया बैंकका शेयरधनीले कमाएका छन्। यस्तै सबैभन्दा बढी शेयर कारोबार भने एनसीसी बैंकको भएको छ। एनसीसी बैंकको कुल चार करोड भन्दा बढीको कारोबार भएको छ। आज मुल्यको हिसाबमा सबैभन्दा बढी कारोबार हुने सुचिमा कमर्सियल बैंकको ५ कम्पनी अग्र स्थानमा छन्।

आज एनसीसी लगायत एनआईसी एसिया, एनएमबी,नेपाल बंग्लादेश र प्रभु बैंकको शेयर कारोबार सबैभन्दा बढि भयो। कुमारी, एभरेष्ट र सिटिजनका शेयर मूल्य आज तीन प्रतिशतले बढ्यो। तल हेर्नुहोस कुन बैंक को मूल्य कति पुग्यो भनेर।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *