मुक्तिनाथ विकास बैंक र मेडिप्लस हस्पिटलबीच सहकार्य
इन्भेष्टाेपेपर । पुष ०७, २०७७
मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने गरी पोखरा स्थीत मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरसंग सम्झौता गरेको छ ।
उक्त सम्झौता पत्रमा मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टर तर्फबाट अध्यक्ष रमेश कुमार थापा र मुक्तिनाथ विकास बैंकको तर्फबाट गण्डकी प्रदेश प्रमुख बाबुराम ढकालले हस्ताक्षर गर्नुभएको थियो ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरको विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिढ १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ ।
साथै बैंकको ग्राहकले Visa Network अन्तर्गत जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ।
