‘मुटुको टुक्रा’ बोलको मार्मिक लाेक गीतमा बालकलाकार काव्याकाे जीवन्त अभिनय

इन्भेष्टोपेपर । बैशाख ८, २०७

गायिका देवी घर्तीमगरको स्वर रहेको ‘मुटुको टुक्रा’ बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ। भिडियोमा ज्योति गुरुङको शब्द तथा सुरज लामिछानेको संगीत र एरेन्ज छ।

गीतमा एक प्रवासी आमाले स्वदेशमा भएका आफ्ना दुई सन्तानको सम्झना गरेको कथा प्रस्तुत गरिएको छ। भिडियोमा गीतकार ज्योतिकी छोरीको भूमिकामा  ६ वर्षकी बालकलाकार काव्या श्रेष्ठको अभिनय छ। 

बेलायतमा जन्मेकी काव्याले भिडियोमा अनुभवी कलाकारको जस्तै अभिनय  गरेकी छन्। काव्याले यसअघि तीज र आधुनिक गीतको भिडियोमा बालकलाकारको भूमिकामा अभिनय गरिसकेकी छन्। उनी बेलायतमा हुने विभिन्न साँस्कृतिक कार्यक्रममा सहभागी हुनुको साथै नेपाली नृत्यको पनि प्रशिक्षण लिइरहेकी छन्।

भिडियोमा ज्योति र काव्याका अलावा अनिश्का थापा, शंकर पाण्डे, सलोनी रञ्जितकार र इभा सिंहको अभिनय छ। भिडियोमा कुशल श्रेष्ठको निर्देशन, छायांकन, सम्पादन र परिकल्पना छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *