गायक सुरज थापाको रोमान्टिक म्युजिक भिडियो सार्वजनिक
इन्भेष्टोपेपर । बैशाख ८, २०७८
गायक सुरज कुमार थापाले हालै एउटा रोमाञ्चक शैलीको नयाँ गीत ” भयो त भयो ” को म्युजिक भिडियोलाई म्युजिक नेपालको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।
गीतकार पुरूषोत्तम ढकालको शब्द, रचना, प्रस्तुति र परिकल्पना तथा गायक सुरज कुमार थापाको स्वर, संगीत तथा संगीत संयोजन रहेको यस गीतलाई प्रज्ञा साउण्ड एच डी स्टुडियोमा शम्भु कुमार तण्डुकारले रेकर्डिङ, मिक्सिङ् र मास्टरिङ् गरेका छन् ।
कलाकार द्दय सरोज श्रेष्ठ र श्रृष्टि महर्जनको रोमाञ्चक अभिनय रहेको यस म्युजिक भिडियोमा जनक अधिकारीको छायाँकन, सदीश जोशीको रंग तथा सम्पादन र नितिन चन्दको निर्देशन रहेको छ।
रोमान्टिक र प्रेमील भावको यो मन छुने गीत, संगीत तथा स्वरमा कलाकारहरूको रोमाञ्चक अभिनय,मनमोहक छायाँकन, सम्पादन तथा कुशल निर्देशनमा निर्माण भएको यस म्युजिक भिडियोलाई युटुबमा सार्वजनिक भएको केही दिनमै लगभग दुई लाखभन्दा धेरै दर्शकहरूले हेरिसकेका छन् र अझ धेरै दर्शक तथा श्रोताहरूको माया पाउने कुरामा यसका सम्पुर्ण टीम आशावादी देखिन्छन्।