राष्ट्रिय बीमा कम्पनीले तेस्रो त्रैमासमा राम्रो प्रगति देखायो।
राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासिक प्रतिबेदन आज प्रकाशन गरेको छ। राम्रो प्रगति विवरण प्रकाशन गरेकै दिन कम्पनीका साधारण र प्रमोटर शेयर दुवै १० प्रतिशतले बढेका छन्।
तेस्रो त्रैमासमा कम्पनीको अघिल्लो बर्षको सम्बन्धित त्रैमासको खुदनाफाको तुलनामा २६.७७ प्रतिशतको बृद्धि देखिएको छ। कम्पनीले तेस्रो त्रैमास सम्ममा ५८.४८ करोड खुदनाफा आर्जन गरेको छ। यस्तै खुद बीमा शुल्क पनि १७.९५ करोडबाट ३०.३३ करोड पुगेको छ। पुनर्बिमा कमिसनको रुपमा कम्पनीले १६.४९ करोड कमाएको छ।
कम्पनीको प्रति शेयर आम्दानी २९२.४५ रुपैया रहेको छ भने प्रति शेयर नेटवर्थ ९८६.२५ रहेको छ। राष्ट्रिय बीमा कम्पनीको जगेडा कोषमा २.३६ अर्ब रुपैया रहेको छ भने बीमाकोषमा १.६४ अर्ब जम्मा छ।