रु. १००० को नक्कली नोट कसरी छुट्याउने। राष्ट्र बैंकको जानकारी मूलक सूचना हेर्नुहोस्।

राष्ट्र बैंकले सर्वसाधारणका लागी विभिन्न दरका नेपाली नोटमा रहेका सुरक्षण बिशेषताहरु सम्बन्धी जानकारी मूलक सामाग्री आफ्नो वेबसाइटमा प्रकाशन गरेको छ। नक्कली नोटको कारोबार बाट बच्नलाई तलको जानकारी महत्वपूर्ण छ।

तल देखाइएको १००० रुपैयाको नोटको नमुनामा अग्रभाग र पृष्ठभागमा रहेको १) पानीछाप, २) NRB को अंश, ३) सुरक्षण धागो र ४) Intaglio print को आधारमा कसरी नक्कली नोट कारोबार बाट सुरक्षित हुन सकिन्छ भनेर जानकारी दिइएको छ।

(१) पानीछाप (WaterMark)
 नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट (टर्च
लाइट÷मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा
लालीगुँरासको आकृति स्पष्ट देखिन्छ ।
 उक्त लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज
बनाउने क्रममानै बनाइने हुँदा नोटकोअग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको
दस्तखत भएको भाग) र पृष्ठभाग (एक वटा हात्ती) भएको भाग दुवै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट

(२) See Through Register
 Nepal Rastra Bank को संक्षिप्त रुप NRB को केही अंश नोटको अग्रभागमा र उक्त
NRB को बाँकी अंश नोटको पृष्ठ भागमा एकै पटक प्रिन्ट गरिएको छ ।
 नोटको उक्त NRB प्रिन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा नदेखिने तर
नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको
माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पूरा तथा स्पष्ट NRB देखिन्छ । उक्त
NRB अक्षर नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट देखिन्छ ।

(३) सुरक्षण धागो (Security Thread )
 सुरक्षण धागोमा NRB र उक्त NRB को ऐनामा देखिने उल्टो प्रतिविम्बी रुप क्रमैसँग लहर मिलाएर लेखिएको छ ।
 नोटलाई सामान्य रुपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरु मात्र देखिन्छ ।
 नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो रहेको देखिन्छ ।
 उक्त सुरक्षण धागो नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो देखिन्छ । साथै, नोटको अग्र भागमा लेखिएका वाक्यांशहरु उक्त सुरक्षण धागो रहेको स्थानमा समेत स्पष्ट प्रिन्ट भएको देखिन्छ ।

(४) Intaglio Print
 नोटको अग्र भागमा प्रिन्ट गरिएको “श्री नेपाल राष्ट्र बैंक नेपालसरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइनेछ ।”,
भगवतीको आकृति, फरक क्षमता भएका दृष्टिविहिनहरुका लागि राखिएका तीन वटा गोलाकार थोप्लाहरु आदि विशेषताहरु नोटलाई छामेर पत्ता लगाउन सकिने गरी राखिएका Intaglio Print विशेषताहरु हुन्।
 उक्त प्रिन्ट भएको स्थानमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएको प्रिन्टभन्दा केही माथि उठेको अनुभव हुन्छ ।

रु. ५०० र रु. १०० को नक्कली नोट कसरी छुष्याउने भनेर पनि राष्ट्र बैंकले जानकारी दिएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *