वशन्त श्रवण
— भावना शर्मा
म पोखिएर तिमीलाई भर्दा, उल्टै भरिदै जान्छु म
मेरो ज्ञानमा तिमी चर्दा, झन ज्ञानी गनिदै जान्छु म
गुणवान, ज्ञानवान, विवेकशील वा ध्यानवान
तिम्रो नाम चल्दैगर्दा गुरू भजिदै जान्छु म
आउ लूट जति सक्छौ, मेरो ज्ञान खजाना यी
जति लुट्छौ तिमी झन् सुन झै ख़रीदै जान्छु म
तिम्रा हरेक खुड्किलाको भर बन्न म तयार छु
जति उकालो लाग्छौ तिमी त्यति चुलिदै जान्छु म
कर्म बन्धनले बाँधेको बडो अजब छ यो नाता
जति खुकुलिदै जान्छ त्यति बाधिदै जान्छु म