विद्युतीय कारोबार गर्न बैंकर्स संघको आग्रह

इन्भेष्टोपेपर । बैशाख ३०, २०७

काठमाडौं । नेपाल बैंकर्स संघले कोरोना कहरबीच सुरक्षित तरिकाले विद्युतीय कारोबार गर्न नागरिकलाई आग्रह गरेको छ । 

संघको बिहीवारको बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘डिजिटल बैंकिङ प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेलमार्फत सम्पर्क गर्न सकिने छ ।’

यस्तै बैंकका सबै एटिएम खुला रहनुका साथै बैंकका कल सेन्टरसमेत कार्यालय समयभर उपलब्ध हुने जानकारी गराइएको छ । ग्राहकको स्वास्थ्यलाई ध्यानमा राख्दै शाखामा भीडभाड नगर्न तथा जोखिम कम गर्न निषेधाज्ञा अवधिभरका लागि बैंकका शाखामार्फत केही सेवा भने निरन्तर रहने संघले जानकारी दिएको छ ।

संघले खाताबाट रकम झिक्ने र नगद जम्मा गर्ने काम रू. ५० हजारभन्दा माथि मात्रै हुनेछ । यस्तै, रकम स्थानान्तरण, विप्रेषण भुक्तानी र अन्तरराष्ट्रिय व्यापारका लागि आवश्यक सहजीकरण गरिने जानकारी दिइएको छ । संघले घरबाटै कारोबार गर्न तथा आफू र अरुलाई पनि सुरक्षित राख्न आग्रह गरेको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *