शेयर कारोबार रोक्का गर्दै, दुई कम्पनीलाई नेप्सेको स्पष्टीकरण

INVESTOPAPER, December 3, 2018

काठमाडौं– नेपाल स्टक एक्सचेन्जले नाडेप लघुवित्त वित्तिय संस्था र नेपाल ल्युब आयलको कारोबार रोक्का गरेको छ । नाडेपको सञ्चालक समितिले गरेको लाभांश वित्तरणको निर्णयलाई तत्काल नेप्से समक्ष जानकारी नगराएको र ल्युब आयलले पनि आफ्नो निर्णय समयमै जानकारी नगराएको भन्दै कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

नाडेपले १२ गते बसेको सञ्चालक समितिको लाभांश दिने निर्णयलाई १३ गते मात्र नेप्सेलाई जानकारी गराएको थियो । यता ल्युब आयलले पनि १३ गतेको निर्णय १६ गतेमात्र नेप्सेलाई जानकारी गराएको थियो ।

नाडेपले ३० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो । यता ल्युब आयलले पनि १० प्रतिशत बोनस सेयर र ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो ।

यी दुबैले सेयर मूल्यमा प्रभाव पार्नसक्ने संवेदनशिल सुचना तत्काल नेप्सेलाई जानकारी नगराएको भन्दै कारोबार रोक्का गरिएको हो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *