शेयर बजारको विश्लेषणः ३ महत्वपुर्ण तरिका

योगेन्द्र रेग्मी

शेयर बजारको विभिन्न तरिकाले विश्लेषण गर्न सकिन्छ । यो विश्लेषणको अर्थ हो गरेको लगानीको एक आधार पत्ता लगाई सो अनुसार आफ्नो लगानीको प्रतिफल र जोखिमको आधार थाहा पाएर लगानीतर्फ केही हदसम्म कति सुरक्षित छु रु भन्ने विषयमा पहिचान गर्ने हो । यसको अलवा संभावित जोखिम पहिले नै पहिचान गरी जोखिमलाई केही हदसम्म कम पार्ने प्रयास गर्ने उपायहरु खोजि गरी लगानी विभिन्न क्षेत्रमा वाँडफाँड गर्नु पर्दछ ।

१) सैद्धान्तिक विश्लेषणः

विश्लेषण गर्दा सैद्धान्तिक पक्षको अध्ययन अत्यन्तै महत्वपूर्ण मानिन्छ । यस अन्तर्गत समस्त अर्थ व्यवस्था, सरकारको आर्थिक नीति, कृषि, औद्योगिक तथा व्यवसायीक नीति, कर प्रणाली, व्यापार व्यवसाय, आयत निर्यात तथा उत्पादन, वितरण प्रणाली र उपभोग लगायत समस्त अर्थ व्यवस्थाका पक्षहरुलाई लिएर विश्लेषण गरीन्छ । देशको रोजगारी तथा नागरीकहरुको आय तथा रहन सहन लगायत सम्पूर्ण पक्षहरुमा सैद्धान्तिक र कानूनी पक्षमा ध्यान दिएर एउटा निचोढ निकालिन्छ । वास्तवमा संसारभर देशको आर्थिक अवस्थाको विश्लेषण गर्ने विभिन्न सूचाङ्कहरु मध्ये शेयर बजारको सूचाङ्कलाई प्राथमिक सूचाङ्ककै रुपमा लिईन्छ । यसले समग्र अर्थव्यवस्थालाई प्रतिनीधित्व गर्दछ भनिन्छ । किनभने शेयर बजार भनेको देशको अर्थतन्त्रकै बहाबकै प्रबाहमा तलमाथि गर्ने महत्वपूर्ण चल हो ।

यसले वास्तवमा समग्र अर्थ व्यवस्थामा आधारित भएर कम्पनीको कार्य–सम्पादन तथा सो ले बहन गर्न सक्ने ऋणको लागत, लाभांश दिन सक्ने क्षमत्ता तथा पूँजीको बनोट तथा व्याज, उत्पादन र बजारको उपस्थिति लगाएतका विषयमा जानकारी दिन्छ । बजारमा भएका तथा हुने गरेका अनुशन्धान तथा बजार विस्तारमा भएको प्रगति व्यवस्थापनको गुणस्तर आदि पक्षहरु अति नै महत्वपूर्ण मानिन्छ । त्यसैले सैद्धान्तिक विश्लेषण अति नै महत्वपूर्ण विषय हो ।

२) गुणात्मक विश्लेषणः

गुणात्मक विश्लेषणले अर्थ व्यवस्थाको विश्लेषण गर्दछ । यसमा खास गरेर सङ्ख्यात्मक किसिमले विश्लेषण गर्ने काम महत्वपूर्ण हुन्छ । यसमा विगतमा सम्पादन गरेका, वर्तमान हासिल गर्दै गरेका र भविष्यको लागि प्रस्तावित गरेका सङ्ख्याको आधारमा विभिन्न तरिकाले मिलाएर विश्लेषण गरिन्छ । जसले कम्पनीको सचित्र प्रस्तुति गर्दछ र यसले वस्तविकत्ता समेत झल्काउछ । यस विश्लेषणमा उपलब्ध तथ्याङ्कलाई विभिन्न तरिकाले प्रस्तुत गरी तथ्य पत्ता लगाइएको हुन्छ । यसमा विभिन्न तरीकाले तुलना गरेर एउटा निष्कर्ष निकालेर लगानी गर्न छनोट गर्न सहज बनाईएको हुन्छ । यसमा बजारको सिद्धान्त, बजार प्रतिको मनोविज्ञान लगायतका विषयमा समेत सङ्ख्यालाई लिएर कम्प्यूटरको सहायताले विष्लेषण गरेर निष्कर्ष निकाल्न प्रयास गरिन्छ ।

३) प्राविधिक विश्लेषणः

एक कम्पनी तथा फर्मको कार्य–सम्पादनमा सीमित रहेर गरिन्छ । ‘इतिहास आफै दाहोरिन्न’ भन्ने पनि भनाइ रहेको छ । यी इतिहास तथा विगतका तथ्यको आधारमा प्राविधि विश्लेषण गरेर, त्यसको आधारमा वस्तुस्थितिको पत्ता लगाएर, शेयरको मूल्य निर्धारण गरिन्छ । यसमा विभिन्न पक्षहरुमा केन्द्रित भएर कम्पनीको बारेमा वित्तीय रुपमा गहिरो चिरफार गरीन्छ । यसमा खास गरेर विभिन्न तरिकाले गरिन्छ जस्तै अनुपात, प्रतिशत तथा स्थान आदि निकालिन्छ । सो विगत, वर्तमान र भविष्य फर्म र कम्पनी, समय र अन्तरालको बीचमा, एक र अर्को बीचमा तुलना गरिन्छ साथै विभिन्न स्थान पत्ता लगाईन्छ । आफूले चाहेको तथा उपलब्ध कम्पनीको बीचमा पनि तुलना गर्ने समेत अवसर मिल्दछ ।

कम्पनीको भावी योजना तथा गन्तव्यलाई लिएर भविष्यमा कमाउन सक्ने मुनाफा र त्यसले शेयर बजारमा ल्याउन सक्ने असरको बारेमा विश्लेषण गरी एक दिसा निर्देस गर्न सकिन्छ । भविष्यको समेत अनुमानका आधारमा लगानी गर्दा आफ्नो लगानीको जोखिम तथा प्रतिफल पहिले अनुमान गरिन्छ । त्यसैले यो प्राविधि विश्लेषण लगानीकत्र्ताको लागि अति नै महत्व राख्दछ ।

यसरी विभिन्न पक्षमा विश्लेषण गरेको आधारमा लगानी छनोट गरियो भने यसले उच्च प्रतिफल प्राप्त हुन्छ । वास्तवमा वस्तुस्थितिको पहिचानले लगानीकत्र्ताले ढुक्क भएर लगानी गर्न सकिन्छ । यसबाट उपयुक्त निर्णय गर्न सरल र सहज हुनेछ । त्यसैले वित्तीय विश्लेषणको अत्यन्तै महत्वपूर्ण स्थान रहन्छ । साथै अन्य थप छलफल पछि परिच्छेदमा गरिएको छ । विश्लेषणले एउटा अनुमान तथा दिसा बोध हुन जान्छ र सो आधारमा अगाडी बढन सकिन्छ ।

(श्री याेगेन्द्र रेग्मी कृषि बैंकका पूर्व विभागीय प्रमुख तथा नेपालकाे आधुनिक बैकिंग प्रणाली लगायत धेरै पुस्तकका लेखक हुनुहुन्छ।)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *