साल्ट ट्रेडिङ्गले गर्याे लाभांश घाेषणा : बाेनस कति ?
Investopaper, पौष २७, २०७६
साल्ट ट्रेडिङ्ग कर्पाेरेशनले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको पुस २५ गते बसेको वैठकले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजन समेत १० प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्नै प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात् मात्र शेयरधनीले पाउनेछन् ।

