स्ट्यान्डर्ड चार्टर्ड वैंककाे नयाँ सिइओमा दस्तिदार
Investopaper, Jan 22, 2019
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले नयाँ प्रमुख कार्यकारी अधिकृतमा अनिरभन घोष दस्तिदारलाई नियुक्त गरेकाे छ। यसअघि उनि ब्रुनाइ चार्टर्डको प्रमुख कार्यकारी अधिकृत पदकाे जिम्मेवारी सम्हालिरहेका थिए ।
भारतीय नागरिक अनिरभन घोष दस्तिदार ब्रुनाइअघि फिलिपिन्स र श्रीलङ्काको प्रमुख कार्यकारी अधिकृत थिए। उनको बैंकिङ क्षेत्रमा २५ बर्षको अनुभव छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालकाे जिममेवारी सम्हालेका जोसेफ सिल्भानुसलाई चार्टर्ड समूहले फिर्ता बोलाएपछि दस्तिदार नयाँ प्रमुख कार्यकारी भएका हुन। सिल्भानुसले नेपालमा साढे सात बर्ष काम गरेर बिदा भएका हुन्। सिल्भानुस बाहिरिएपछि चार्टर्डले नेपालीलाई नै प्रमुख कार्यकारी अधिकृत बनाउने चर्चा अब चर्चामै सिमित भएकाे छ ।
चार्टर्डको सञ्चालक समितिले दस्तिदारलाई प्रमुख कार्यकारी र सञ्चालक चयन गरेको हो। उनको नियुक्तिलाई माघ ७ गते सम्पन्न साधारणसभाले अनुमोदन गरीसकेकाे छ ।