स्वावलम्बन लघुवित्तको आकर्षक प्रगतिः इपिएस ६७ रुपैयाँ, जगेडा कोष झण्डै दाेब्बर
Investopaper, श्रावण २०, २०७६
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा आकर्षक प्रगति प्रतिवेदन प्रकाशित गरेकाे छ । वार्षिक प्रतिशेयर आम्दानी ६७ रुपैयाँ १९ पैसा रहेकाे छ भने जगेडा काेष चुक्ता पूंजीकाे झण्डै दाेब्बर कायम गरेकाे छ ।
गत आवमा कम्पनीले अघिल्लो आवको तुलनामा २३ प्रतिशतले वृद्धि गरि ४२ करोड २५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो वर्षमा लघुवित्तको खुद नाफा ३४ करोड ३० लाख थियो।
चुक्ता पूँजी ६२ करोड ८८ लाख ८८ हजार रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा एक अर्ब १२ करोड ५० लाख रुपैयाँ सञ्चित छ । एक वर्ष अवधिमा कम्पनीको जगेडा कोषको आकारमा ४२ करोड २५ लाख सुधार भएको हो।
स्वाबलम्वन लघुवित्तका प्रमुख वित्तीय सुचकांकहरू यस प्रकार रहेका छनः
- चुक्ता पुंजी ६२ करोड ८८ लाख ८८ हजार रहेकाे छ, कुनै बृद्धी छैन ।
- यस अवधिमा भाखा नाघेकाे कर्जा ०.७७ प्रतिशत छ,
- यस अवधिमा लघुवित्तकाे प्रति सेयर आम्दानी (ईपिएस) ६७ रूपैया १९ पैसा,
- प्रति सेयर नेटवर्थ २७८.८९ रूपैंया,
- कोषको लागत ९.४४ प्रतिशत र
- मूल्य आम्दानी अनुपात १३.०२ गुणा रहेकाे छ ।
Read Also :- अन्य कपम्पनीहकाे वित्तीय बिवरण हेर्नकाे लागि यहां क्लिक गर्नुहाेस ।