हाइकुमय उखानहरु :

— हृदय लेकाली (राम बस्नेत )

१) कोही न कोही
जवानीक‍ो बेलामा
यो रोगी पोइ ।

२) व्यथा थुपार्ने
भनी साध्य नै छैन
भने नौ धार्नी ।

३) बोको भा काट्थेँ
यो मान्छे नै परि गो
अरु भा साट्थेँ ।

४) मैतालु ब्वारी
खै के घर खाली र ?
अन्तै सवारी ।

५) हिलोको धान
हिलै खेताँ सप्रिन्छ
भकारी भर्न ।

६) बैला पल्टिए
लाहुरेका श्रीमती
वंशको गर्जो ।

७) सासूको साँचो
बुहारीले पाउँछे
सासू भएर ।

८) कर्सामा झार
कामै छैन् घरज्वाइँ
तिम्रो आधार ।

९) गाउँमै सैना
पर्दा राम हेर्ने हुन्
क्यै काम छैन ।

१०) नजाऊ जन्त
गै हाल बरु अन्त
के लिनु टन्ट ।

११) कोदाको ढिँडो
जति रङ्ग हाले नि
कालाको कालै ।

१२) घराँ लाहुरे
चुलो किन निभ्छ र ?
तातो च्या खान ।

१३) घरकी ब्वारी
उतै पार्छे मसान्ति
माइत जान ।

१४) छालाको गुन
अरु सबै सहन्छ
पानी बैगुन ।

१५) झड्केलो छोरो
काकाबाउ रिझायो
आमा मरे नि ।

१६) ठीकै त भो नि
अपुताको सन्दुस
छुचाले फोड्यो ।

१७) शंख फुक्ने बा
छोरा निस्के जँड्याहा
कुलको क्षति ।

१८) विधुवा ब्वारी
घर धानी बसिन् नै
धन्य देउती ।

१९) काँ गनाउँछ
आफू पादेको पाद
सास्तीमा अरु ।

२०) निभायौ आगो ?
डढेलो लाग्न आगाले
खडेरी खोज्छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *