अब सहकारीले श्वेतपत्र सार्वजनिक गर्नुपर्ने

न्भेष्टाेपेपर । भाद्र १६, २०८१

काठमाडौँ । अब सहकारी संस्थाले संस्थामा आबद्ध सदस्यको पहुँच पुग्ने गरी श्वेतपत्र सार्वजनिक गर्नुपर्ने भएको छ । सङ्घीय सहकारी विभागले सबै सहकारी सङ्घसंस्थालाई श्वेतपत्र जारी गर्न निर्देशन दिएको छ ।

विभागले श्वेतपत्रको ढाँचासमेत सार्वजनिक गर्दै यस्तो निर्देशन दिएको हो । सहकारी संस्थाका सदस्यले संस्था नै नचिन्ने, संस्था नदेख्ने, सञ्चालकलाई पनि राम्ररी नचिन्ने अवस्थाले गर्दा सहकारीमा समस्या आएको आमगुनासोका आधारमा विभागले यस्तो व्यवस्था गरेको हो ।

सबै सहकारी सङ्घसंस्थाले अनिवार्य रूपमा विभागले उपलब्ध गराएको ढाँचाबमोजिम श्वेतपत्र तयार गर्नुपर्ने छ । आफ्ना सबै सदस्यसमक्ष सहज रूपमा पहुँच पुग्ने गरी उपयुक्त माध्यमबाट सार्वजनिक गर्न निर्देशनमा उल्लेख गरिएको छ । विभागले सबै सदस्यसमक्ष सहज रूपमा पहुँच पुग्ने गरी उपयुक्त माध्यमबाट श्वेतपत्र सार्वजनिक गर्न निर्देशन गरेको हो । “सहकारी क्षेत्रमा देखा परेको समस्या समाधान गर्न गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० ले दिएको सुझावसमेतका आधारमा विगत वर्षदेखि नै सहकारी सङ्घसंस्थाले श्वेतपत्र जारी गर्ने व्यवस्था गरिएको छ,” विभागको निर्देशनमा उल्लेख छ । 

त्यसै गरी विभागले सदस्यको विश्वास र पारदर्शिताको माध्यमबाट मात्र सहकारी संस्थाको प्रभावकारिता र दिगोपना कायम रहने हुनाले सबै सहकारी सङ्घ संस्थाले अनिवार्य रूपमा विभागको ढाँचाबमोजिम श्वेतपत्र तयार गरी आफ्ना सबै सदस्यसमक्ष सहज रूपमा पहुँच पुग्ने गरी उपयुक्त माध्यमबाट सार्वजनिक गर्न भनेको हो । यस्तो श्वेतपत्र नियामक निकायले माग गरेको बखत सहजै उपलब्ध गराउने व्यवस्था गर्न पनि विभागले निर्देशन दिएको छ । 

संस्थाले आफ्ना सबै सदस्यसमक्ष सहज रूपमा पहुँच पुग्ने गरी उपयुक्त माध्यमबाट सार्वजनिक गर्न र नियामक निकायले माग गरेको बखत उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन जारी गरिएको विभागले जनाएको छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *