सेञ्चुरी कमर्सियल बैंकद्वारा पिपिइ हस्तान्तरण

इन्भेष्टोपेपर । वैशाख १७, २०७७ 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कोरोना भाइरसको परिक्षण गरिरहेको रुकुमकाे एक मात्र चौरजहारी अस्पताललाई २० थान PPE सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

वैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामाग्रीहरू उपलव्ध गराएकाे हाे ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले उपरोक्त PPE रुकुमका श्रीकुमार कठायतलाई हस्तान्तरण गर्नु भएकाे हाे ।

यसका साथै सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले COVID-19 को रोकथामको लागी प्रत्येक प्रदेश सरकारलाई पाँच पाँच लाख र संघिय सरकारलाई पचास लाख गरि कुल पचासी लाख प्रदान गरिसकेको जानकारी गराएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *