आईएसद्वारा ११ जनाको हत्या

Investopaper, पौष १२, २०७६

अबुजा — चरमपन्थी समूह इस्लामिक स्टेट(आईएस) ले एउटा भिडियो सार्वजनिक गर्दै नाइजेरियामा ११ जना इसाई नागरिकको हत्या गरेको दाबी गरेको छ । 

आईएसले हत्या गरिएका नागरिकको बारेमा भने जानकारी गराएको छैन। आईएसले गएको हप्ता उत्तर पूर्वी राज्य बोर्नोबाट ११ जनालाई अपहरण गरेको दाबी गरेको छ।

आईएसको आधिकारिक ‘समाचार एजेन्सी’ अमाकले सार्वजनिक गरेको ५६ सेकेन्डको भिडियोमा आफ्ना नेताको हत्याको बदला लिएको बताएका छन्। आईएसद्वारा मारिएका सबै पुरुष भएको बताइएको छ। भिडियोमा एक जनालाई मैदानको बीच भागमा लगेर गोली हानी मारिएको छ भने बाँकी दश जनाको घाँटी छिनालेर हत्या गरिएको छ।

आईएसले यसै वर्षको अक्टोबरमा आफ्ना नेता अबु बकर अल बगदादी र प्रवक्ता अबसल हसन अल मुजाहिरको मृत्युको बदला लिएको बताएको छ। गएको डिसेम्बर २२ मा आईएसले दुई शीर्ष नेताको मृत्युको बदलामा नयाँ सैन्य अभियान चलाउने घोषणा गरेको थियो। त्यसपछि लगातार भएका कैयौं आक्रमणको जिम्मेवारी आईएसले लिएको छ।

नाइजेरियाको आतंकवादी समूह ‘बोको हराम’ को एउटा हिस्सा अब ‘इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स’ को ब्यानरमा लडिरहेको छ। केही दिनअघि यो समूहले उत्तर पूर्वी नाइजेरियामा ४ जनाको अपहरणपछि हत्या गरेको थियो।

नाइजेरियाका राष्ट्रपति मोहमदु बुहारीले हत्याको कडा आलोचना गर्दै नाइजेरियाली नागरिकलाई धर्मका आधारमा विभाजित नहुन आग्रह गरेका छन् भनि कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *