आचार संहिता उल्लघंन गरेको भन्दै भारतीय कप्तान कोहलीलाई जरिवाना

Investopaper, असार ०९, २०७६ 

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई आइसिसीले जरिवाना गरेको छ । आइसिसीले २५ प्रतिशत ‘म्याच फि’ जरिवाना गरेको हो । 

आइसिसी क्रिकेट विश्वकपअन्तर्गत अफगानिस्तान विरुद्ध शनिबार भएको खेलमा आचार संहिता उल्लघंन गरेको भन्दै कोहलीलाई जरिवाना गरिएको हो । अफगानिस्तानले ब्याटिङ गरिरहदा कोहलीले अम्पायर अलिम दारप्रति अभद्र व्यवहार प्रस्तुत गरेको आइसिसीको दाबी छ ।

जसप्रित बुमराहको बलमा एलबिडब्लूको अपील गर्दा अम्पायरले आउट नदिएपछि कोहली आक्रामक बनेका थिए ।  कोहलीले आइसिसीको निर्णय स्वीकार गरेकाे जनाइएकाे छ ।

  • एजेन्सी
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *