बैंक तथा वित्तीय संस्थालाई बाध्यात्मक मर्जरको संकेत

Investopaper, असार ०९, २०७६ 

काठमाडौँ — आगामी मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको मर्जर सम्बन्धी बाध्यात्मक व्यवस्था ल्याउने संकेत राष्ट्र बैंकले दिएको छ ।

बाध्यात्मक मर्जरलाई ‘मागी विवाह’ र स्वेच्छिक मर्जरलाई ‘प्रेम विवाह’सँग तुलना गर्दै गभर्नर चिरंञ्जिवी नेपालले भने, ‘अब प्रेम विवाहको समय धेरै छैन, मौद्रिक नीति नआउँदासम्म मात्र हो ।’

बजेटमा सरकारले ठूला मर्जरलाई प्रोत्साहन गरिने नीति लिइसकेकाले अब बाध्यात्मक मर्जरमा जानुपर्ने अवस्था आउनसक्नेतर्फ उनले इंगित गरे । ‘स्वेच्छिक रुपमा मर्जरमा जानुस् भनेर धेरै भनियो,’ गभर्नर चिरञ्जिवी नेपालले भने, ‘अब यो छुट मौद्रिक नीति नआउँदासम्म मात्र हो । मौद्रिक नीति जारी भएपछि त्यो छुट पाइनेवाला छैन ।’

आइबीएन मिडिया एण्ड रिसर्च सेन्टरले सोमबार आयोजना गरेको आगामी मौद्रिक नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा गभर्नर नेपालले यस्तो बताएका हुन् । ‘उपलब्ध लगानीयोग्य पुँजीलाई एकिकृत गरी लगानी सही ठाउँमा लगानी गर्न र सूचना प्रविधिको लागत कम गर्न, अहिले प्रमुख यी दुई कारणले मर्जर अपरिहार्य छ,’ उनले भने ।

छलफलमा राष्ट्र बैंकले स्वेच्छिक मर्जरलाई प्राथमिकता दिनु पर्ने सुझाव आएकोथियो । ती सुझावलाई सम्बोधन गर्ने क्रममा बाध्यात्मक मर्जरलाई ‘मागी विवाह’ र स्वेच्छिक मर्जरलाई ‘प्रेम विवाह’सँग तुलना गर्दै उनले भने, ‘अब प्रेम विवाहको समय धेरै छैन, मौद्रिक नीति नआउँदासम्म मात्र हो ।’

राष्ट्र बैंकले सुक्ष्म रुपमा बजारको वस्तुस्थिति अध्ययन गरेरै नीति निर्देशन जारी गर्ने भएकाले शंका नगर्न उनले आग्रह गरे । बैंक तथा वित्तीय संस्थालाई जिम्मेवार बन्न पनि उनले निर्देशन दिए । समाज र राष्ट्रप्रति जिम्मेवार नभएकै कारण राष्ट्र बैंकले समय–समयमा कठोर कदम चाल्नु परेको राष्ट्र बैंकका गभर्नर नेपालले बताए । आजकाे कान्तिपुरमा समाचार छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *