कपिलवस्तुका थप दशमा कोरोना पुष्टि, संक्रमितकाे कुल संख्या १२० पुग्यो

इन्भेष्टोपेपर । वैशाख २९, २०७७ 

काठमाडौ । पछिल्लो परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य  प्रयाेगशाला, टेकुमा गरिएको स्वाब परीक्षणमा कपिलवस्तु यशाेधारा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७, १० निवासी १८,१९, २०,२०, २४, ३०,३१,३४,३४ वर्षीय पुरूष र एक जना उमेर नखुलेका पुरूष रहेकाे मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएकाे छ ।

उहाँहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र उहाँहरू  स्वास्थ्यकर्मीकाे सम्पर्क रहेकाे मन्त्रालयले जनाएकाे छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *