नेपाल एसबिआई बैकले ५% बोनस सहित १५.७९ प्रतिशत लाभांस दिने
INVESTOPAPER, December 16, 2018
नेपाल एसबिआई बैंकले गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैकको मङ्सिर २९ मा बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्ष २०७३/७४ को नाफाबाट सेयरधनीहरुलाई १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताब गरेको हो।
बैंकले ५ प्रतिशत बोनस शेयर र १०.७९ प्रतिशत नगद लाभांश प्रस्ताब गरेको छ। बैंकले प्रस्ताव गरेको लाभांश साधारणसभा र नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि शेयरधनीहरूले पाउने छन्।
गत बर्ष बैंकले १६.२३ प्रतिशत लाभांश दिएको थियो। गत बर्ष बैकले एक अर्ब ८९ करोड रसपैयाँ नाफा गरेको थियो। चालु आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकले ४८ करोड ५३ लाख रुपैयाँ नाफा गरेको छ।
पहिलो त्रैमासको वित्तीय विवरण अनुसार हाल बैंकको चुक्ता पूँजी आठ अर्ब चार करोड रुपैयाँ छ। बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी आठ अर्ब ४४ करोड रुपैयाँ पुग्ने छ। बैंकको जगेडा कोषमा पाँच अर्ब २६ करोड रुपैयाँ छ।
