कोरोनाभाइरस अपडेट: विश्वव्यापी महामारीबाट कुन देशमा कति सङ्क्रमण र मृत्यु
इन्भेष्टोपेपर। चैत्र ०३,२०७६
कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको अवस्थामा नयाँ नयाँ खोज भइरहरको बेला विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी महामारीको सङ्ज्ञा दिएका छन्।
चीनबाट सुरु भएको कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने यूरोपमा महामारीको जड् वा केन्द्रबिन्दु बनेको छ।

कोरोनाभाइरस बारे मिडियामा आएका हल्ला पछि नलाग्न सबैलाई विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। यसबाट बच्न सरसफाई, भिडभाडबाट सकभर टाढा रहन र सावधानी अपनाउन विश्व स्वास्थ्य सङ्गठनले सूचना जारी गरेको छ।
कोरोनाबारे बुझ्न १११५ मा चौबिसै घण्टा फोन गर्न सकिने
कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको छ त? यो सामग्रीमा अद्यावधिक तथा आधिकारिक तथ्याङ्क प्रस्तुत गरिएको छ।
कोरोनाभाइरसको विश्वव्यापी असर र यसबाट सङ्क्रमण र मृत्यु दर(२०२० मार्च १६)






