ग्लोबल आइएमई बैंकद्वारा जाडोमा न्यानो कपडा वितरण

इन्भेष्टाेपेपर । पुष २५, २०७७ 

ग्लोबल आइएमई बैंक लिमिटेडको कर्णाली प्रादेशिक शाखा कार्यालयले आज न्यानो कपडा बितरण गरेको छ । बैकको १४ औं वार्षिकोत्सवको उपलक्ष्यमा, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विरेन्द्रनगर, सुर्खेतस्थितमानव सेवा आश्रमका विभिन्न उमेर समुहका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

बैंकको कर्णाली प्रादेशिक शाखा कार्यालय प्रमुख विष्णु अर्यालले मानव सेवा आश्रम, सुर्खेत शाखालाई न्यानो कपडा हस्तान्तरण गर्नुभएको हो । ग्लोबल आइएमई बैंकले समाजलाई टेवा पु¥याउने उद्देश्यका साथ आफ्नो संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत विभिन्न समाजपयोगी कार्यहरु गर्दै आएको छ । 

यसका साथै, ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २ सय ६४ शाखा, २ सय ४० एटीएम, २ सय ४३ शाखा रहित बैंकिङ्ग सेवा, २७ सरकारी राजश्व संकलन काउन्टर, १  CDS & Clearing  काउन्टर, १९ एक्सटेन्सन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ७ सय ९६ भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *