चाणक्य नीति भन्छ, यी दुई गल्तीहरु पुरुषले गर्न हुदैन
इन्भेष्टाेपेपर । माघ २४, २०७७
हिन्दु धर्म अनुसार चाणक्यलाई महान् विद्वान मानिन्छ । उनले दिएका विचारहरुलाई हाम्रो संस्कारमा चाणक्य नीतिका रुपमा मान्ने चलन रहिआएको छ । चाणक्य नीतिको १२औँ अध्यायको १६औँ श्लोकमा २ गल्तीहरुको बारेमा बताइएको छ । जुन गल्ती गरे कुनै पनि मानिसको जीवन पुर्ण रुपले पतन हुन्छ ।
चाणक्य नीतिमा आचार्य कौटिल्यले भनेका छन्, ‘हरेक मानिसहरु यी २ गल्तीबाट बच्नुपर्छ । ‘जो मानिस बिना सोच–बिचार र थोरै समयको सुखको पछि लागेर कुनै पनि काम गर्छ, ती व्यक्तिहरु सम्हालेर रहनुपर्छ ।’
अनालोच्य व्ययं कर्ता चानाथः कलहप्रियः।
आर्तः स्त्रीहसर्वक्षेत्रेषु नरः शीघ्रं विनश्यति।।१९।।
चाणक्य नीतिको यस श्लोकमा भनिएको छ सधै सोच– बिचार गरेर कुनै पनि काम गर्नुपर्छ । चाणक्य नीतिका अनुसार बिना सोच–बिचार खर्च गर्ने अनाथ बन्छ, अर्थात एक समयपछि यस्तो मानिसलाई अरुले साथ दिदैनन् । यस्ता मानिसको धेरै समय एक्लै बित्छ ।
दोस्रो गल्तीको बारेमा चाणक्य नीतिमा भनिएको छ झगडालु तथा सबै जातकी स्त्रीहरुलाई पाउने इच्छा राख्ने व्यक्तिको पनि चाडै पतन हुन्छ । यसको मतलब नचाहिदो खर्च गर्नेवाला जसको कोहि पनि आफ्नो छैन , जो झगडालु स्वभावको छ र स्त्रीहरुको पछि लाग्छ, यस्तो व्यक्तिको शीघ्र नै पतन हुन्छ ।
— एजेन्सीकाे सहयाेगमा
