महिला लघुवित्तको आईपीओ निष्कासन मिति पछि सर्याे

इन्भेष्टाेपेपर । माघ २४, २०७७

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा निष्कासन गर्न लागेको साधारण शेयर (आईपीओ) निष्कासन मिति २ दिन पछाडि सरेकाे छ ।

कम्पनीले यसअघि माघ २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएकोमा उक्त मिति परिवर्तन गरेर माघ ३० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले प्राविधिक कारण देखाउँदै कम्पनीलाई मिति परिवर्तन गर्न गत २२ गते पत्रचार गरेको भन्दै माघ ३० गते शुक्रवारबाट आईपीओ जारी गर्ने एक सूचना मार्फत जानकारी दिएको छ । 

माघ ३० गतेदेखि खुला गरिएको आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा फागुन ४ र ढिलोमा फागुन १४ गतेसम्म रहेको छ । 

 कम्पनीले जारी पूँजी रू. १० करोडको ४० प्रतिशतले हुन आउने रकम रू. ४ करोड बराबरको प्रतिकित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरोशेयर सफ्टवेयर प्रयोग गरी पनि आवेदन दिन सक्नेछन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *