चीनियाँ राजदूत मार्फत नेपालकाे तर्फबाट एक लाख ‘ प्रोटेक्टिभ मास्क’ हस्तान्तरण
माघ २४, २०७६ | Investopaper
काठमाण्डाै – नोवल कोरोना भाइरससँग जुधिरहेको चीनलाई नेपाल सरकारले चीनियाँ राजदूत मार्फत १ लाख थान ‘प्रोटेक्टिभ मास्क’ सहयोग गरेको छ ।
सरकारको निर्णयअनुसार शुक्रबार परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चिनियाँ राजदूत होउ यान्छीलाई मास्क हस्तान्तरण गर्नुभएको हो ।
चीनमा नोवल कोरोना भाइरसको संक्रमणबाट जोगाउने मास्कको अत्याधिक माग भएपछि नेपाल सरकारले मास्क सहयोग गर्ने निर्णय गरेको थियो ।
परराष्ट्र मन्त्रालयमा आयोजित सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरसको संक्रमणमा नेपाल लगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र एकता चीनका लागि महत्वपूर्ण भएको बताउनुभयो ।

