टर्कीका पूर्वप्रधानमन्त्रीले गरे नयाँ पार्टीको स्थापना
Investopaper, मंसिर २९, २०७६
टर्कीका पूर्वप्रधानमन्त्री अहमद दाभुटोग्लुले नयाँ पार्टी स्थापना गर्नुभएको छ। हाल सत्तारुढ दल ‘जस्टिस एन्ड डेभलभमेन्ट (एकेपी)का अध्यक्षसमेत रहनुभएका डोभुटोग्लुलाई गत सेप्टेम्बरमा अनुशासनसम्बन्धी कारबाही भएपछि उहाँले सो पार्टी परित्याग गर्नुभएको थियो।
त्सपछि हालै मात्र नयाँ पार्टी खोलिएको उहाँले घोषणा गर्नुभएको हो। सो नयाँ पार्टीको नाम ‘फ्युचर’ हो, टर्कीकै भविष्य हो, भन्दै उहाँले समारोहमा पार्टी घोषणा गर्नुभयो। विरोध, आलोचना, डर र दबाबका बीच नयाँ पार्टी घोषणा भएको पनि उहाँले बताउनुभएको छ। देशलाई सुन्दर बनाउनको लागि एकजुट भएर काम गर्ने पनि उहाँले प्रतिबद्धता व्यक्त्त गर्नुभएको छ।
पूर्वविदेशमन्त्रीसमेत रहनुभएका डाभुटोग्लुले सन् २०१४ देखि २०१६ सम्म प्रधानमन्त्री बन्नुभएको थियो। उहाँ टर्कीको राष्ट्रपति रेसेप तायिप एर्डोगानको अति निकटको सल्लागकार पनि हुनुभएको थियो।
-रासस-
