हामी फेसबुक क्रेजी भै सकेका छाै, तथापि यस्ता कुराहरु फेसबुकमा उल्लेख नगरेकै राम्राे
Investopaper, श्रावण २४, २०७६
फेसबुक धेरै मानिसकाे अभिन्न अंग भैसकेकाे छ भने कतिपय त एडिक्ट नै भएका छन । फेसबुकको प्रयोगबाटै देशमा विभिन्न अपराधिक घटनाहरू घटिरहेको छ । कतिपयले आफ्नो व्यक्तिगत विवरण फेसबुकमा सार्वजनिक गरिरहेका हुन्छन । उक्त विवरणले साथीहरूले गलत फाइदा उठाइरहेका हुन्छन् तर त्यो विषयमा सबैलाई थाहा नहुन पनि सक्छ । त्यसैले सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत विवरण राख्नु अगाडि यस्ता कुराहरुमा ध्यान दिनुहोस् ।
ठेगानाको जानकारी
फेसबुक प्रोपाइलमा आफ्नो ठेगाना उल्लेख
गरेमा कुनै व्यक्तिको विशेष निगरानी तपाईमाथि हुन सक्छ जसकारण विभिन्न समस्याहरू
आउन सक्छन् ।
जन्मदिन
तपाईहरुले सकेसम्म फेसबुकमा आफ्नो
वास्तविक जन्मदिन उल्लेख नगरेकै राम्रो हुन्छ । यसैलाइै आधार बनाएर कतिपय
अपराधिक घटनाहरू घट्न सक्छन् ।
सम्पर्क नम्बर
फेसबुक प्रोफाइलमा उल्लेख गरिएको
सम्पर्क नंम्बरका आधारमा तपाईसँग सम्पर्क बढाई मानिसहरूले तपाईहरू माथि गलत
दृष्टिले समेत हेर्न सक्ने भएकाले फेसबुक सकेसम्म सम्पर्क नंम्बर उल्लेख नगर्नु
राम्रो मानिन्छ ।
व्यक्तिगत सम्बन्ध
तपाईको व्यक्तिगत सम्बन्धका बारेमा फेसबुकमा
उल्लेख गर्नाले विभिन्न समस्याहरू आउन सक्छन् ।
तपाईका अधिंकाश
साथीहरू
अक्सफोर्ड विश्वविद्यालयका मनोवैज्ञानिक
फेसबुकमा सामेल भएका अधिंकाश साथीहरूका कारण समेत उनीहरूसँगको
सम्बन्धको स्थायीत्वमा प्रभाव पर्न सक्छ ।
परिवारका साना
सदस्यहरूको नाम
एक अनुसन्धानका अनुसार परिवारका साना
सदस्यहरूको नाम तथा तस्विरहरूको नाम उल्लेख गर्नाले यौन हिंसाका कार्यहरू बढ्न्
गरेको देखिन्छ ।
कार्यालय तथा स्कुल
जाने समय
तपाईले कार्यालय तथा बच्चाहरू विद्यालय
जाने समय फेसबुकमा उल्लेख गरेमा तपाईलाई कसैले निगरानी गरिरहेको हुन्छ
जसले तपाई माथि विभिन्न समस्याहरू आउन सक्नेछ ।
बिदाको दिन
तपाई आफ्नो बिदाको दिन फेसबुकमा उल्लेख
गर्नुहुन्छ भने त्यो बानी तत्काल हटाउनुस् । तपाई यदि कसैको निगरानीमा
रहनुभएको रहेछ भने त्यसले समस्या उत्पन्न गराउन सक्छ ।
क्रेडिट कार्डबारेको जानकारी
आफ्नो क्रेडिट कार्ड बारेको जानकारी फेसबुक मार्फत् नदिनु राम्रो मानिन्छ ।
यात्राबारेको जानकारी
यदि तपाई कुनै यात्रामा हुनुहुन्छ भने फेसबुकमा यसको बारेमा उल्लेख नगरेकै राम्रो।
