नेपाल बैंकले याे बर्ष लाभांश वितरण गर्न नपाउने भाे, शेयरधनी निराश

Investopaper, Jan 17, 2019

काठमाण्डाैः विगत २१ वर्ष देखि लाभांश वितरण नगरेकाे नेपालकै सवैभन्दा जेठाे बैंक नेपाल बैंक लि. ले यस वर्ष पनि लाभांश बांडन नपाउने भयाे । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुको लागि लागु गरेको एनएफआरएस प्रणाली अनुसार रेगुलेटरी रिजर्भमा पैसा राख्नुपर्ने भएपछि लाभांस दिन नसक्ने भएको हो।

नेपाल बैंकले विभिन्न कम्पनिमा लगानी गरेका शेयरहरू बिक्रि गर्ने, कर्जाकाे गुणस्तर सुधार गरि प्राेभिजन राइटव्याक तथा गत साउनमा एफपिओ निष्काशन गर्दा तीन अर्ब १८ करोड रुपैयाँ प्रिमियम संकलन गरी राम्राे नाफा गरेको थियो। साेही अाधारमा प्रिमियम सहित गत वर्षको नाफाबाट लाभांस बाँड्ने तयारी गरेको थियाे भने शेयर हाेल्डर पनि लाभांश पाउनेमा ढुकक भएका थिए।

केन्द्रीय बैंकले नेपाल बैंकलाई मात्र नभएर सबै बैंकलाई रेगुलेटरी रिजर्भ कायम गरेपछि मात्र लाभांश वितरण गर्न निर्देशन दिने गरेको छ । एनएफआरएस प्रणाली अनुसार रेगुलेटरी रिजर्भको लागु छुट्टै खाता तयार पार्नुपर्ने व्यवस्था छ । एनएफआरएस अनुसार लाभांस वितरणका लागि विभिन्न मापदण्ड रहेका र साेही प्रणाली अनुरुप बैंकको जगेडा कोषमा गत असारको तुलनामा भारी गिरावट देखिएको थियो ।

राष्ट्र बैंकले अहिले रेगुलेटरी रिजर्भ कायम गरेर मात्र लाभांश वितरण गर्न निर्देशन दिएको भएता पनि नयाँ व्यवस्था अनुरुपको जगेडा कायम गर्दा बैंकलाई यो वर्ष लाभांश बाँड्न स्वीकृत पाउने सम्भावना लगभग सकिएको बताइन्छ।

 

 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *