नेपाल हिरो गोल्ड कपको फाइनलमाः गाेल्ड कप उचाल्न उत्साहित

Investopaper, फागुन ०१, २०७५

भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकप फुटबल प्रतियोगितामा नेपालको महिला टोली फाइनलमा प्रवेश गरेको छ । अाज बुधबार भएको खेलमा नेपालले बलियाे टिम इरानलाई ३–० गाेल अन्तरले हरार्इ ६ अंक हासिल गरेकाे थियाे ।

अर्काे तर्फ अाजै भएकाे  म्यानमार र भारत बीचकाे खेलमा भारतलार्इ २–० गोलले पराजित गर्दै  ९ अंकका साथ म्यानमार फार्इनलमा प्रवेश गरेकाे छ । अागामी शुक्रबार हुने फाइनल खेलमा नेपाल र म्यानमार फेरी एकपटक अामने सामने हुनेछन ।

फिफा वरियताको १०६ औं स्थानको नेपालले ६० औं वरियताको बलियो टोली इरानलाई ३-० ले हराउनु गाैरवपूर्ण क्षण हो । नेपालको प्रभावशाली जितमा पहिलो गोल खेलको ४१ औं मिनेटमा अनिता बस्नेतले गरिन् । नेपालको जितमा थप दुई गोल स्ट्राइकर साबित्रा भण्डारीले खेलको ५९ औँ र ८९ औं मिनेटमा गरिन् ।

हिरो कपमा साबित्राले चार गोल गरिसकेकी छन् । सावित्राले बलियो प्रतिद्वन्द्वी भारतविरुद्ध पनि दुई गोल गरेकी थिइन् । आफ्नो पहिलो खेलमा नेपाल म्यानमारसँग पराजित भएको थियो । नेपालले त्यसयताका दुवै खेलमा जित निकालेको छ । पहिलाे खेलमा भएकाे पराजयकाे बदला लिन र गाेल्ड कप उचाल्न नेपाल उत्साहित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *