प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

Investopaper,   असार ०३, २०७६ 

साताव्यापी युरोप भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ११ बजे संसदमा सम्बोधन गर्नुहुने भएकाे छ । विदेश भ्रमण गरेर स्वदेश फर्केपछि प्रधानमन्त्रीले संसदमा सम्बोधन गरी जानकारी दिने चलन छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप भ्रमणकाे उपलव्धि तथा विभिन्न विधेयकमाथि उठेका प्रश्नबारे संसदलाई जानकारी दिने उदेश्यले सम्बोधन गर्न लागेका जानकारी गराइएकाे छ ।

गुठी विधेयक र मिडिया काउन्सिल विधेयकलाई लिएर सम्बन्धित पक्षले निरन्तर आन्दोलन गर्दै आइरहेका छन् । सरकारले पेश गरेको गुठी विधेयकको विरोधमा आन्दोलन चर्किएपछि सोमबार प्रधानमन्त्री ओलीले नेकपाबाट विजयी काठमाडौं उपत्यकाका संघीय सांसद, प्रदेश सांसद र महानगरपालिकाका मेयर, उपमेयर र वडाध्यक्षलाई डाकेर सुझाव लिनु भएकाे थियाे ।

प्रधानमन्त्रीले समसामयिक विषयमा संसदमा आफ्ना कुरा राख्ने प्रधानमन्त्री निकट श्राेतले बताएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *