प्रमुख अनुसन्धान अधिकृत विरुद्ध विशेष अदालतमा मुद्दा दायर
इन्भेष्टाेपेपर । असाैज २६, २०७७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गुट्खा तथा चिनी व्यवसायी अनिलकुमार झाबाट मासिक रुपमा घुस लेनदेन गर्ने गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले प्रमुख अनुसन्धान अधिकृत राना र व्यवसायी झालाई रुपियाँ दुई लाख घुस लेनदेन भएको अभियोगमा पक्राउ गरेको थियो ।
आयोगले आरोपीद्वय राना र झाविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै आइतबार अदालतमा मुद्दा दायर गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो । (रासस)
