प्राइम कमर्सियल बैंकको नाफा र प्रतिशेयर अाम्दानीमा राम्राे सुधार

Investopaper,माघ २७, २०७५ 

प्राइम कमर्सियल बैंक लि. ले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिकाे प्रगति विवरण प्रकाशित गरेकाे छ ।

वैंकले याे ६ महिनाकाे अवधिमा खुद मुनाफा १ अर्ब ६ करोड रुपैयाँ कमाएको छ । गतबर्षको सोहिअवधिको तुलनामा ३३ . ९० प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिकोमा नाफा ७९ करोड २२ लाख रुपैयाँ कमाएको थियो ।

यस्तै ८ अर्ब ३ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोाषमा ४ अर्ब २२ करोड १२ लाख रुपैयाँ छुटाएको छ । बैंकले यस अवधिमा निक्षेप ७६ अर्ब ७२ करोड ७० लाख रुपैयाँ संकलन गरेको छ भने ७२ अर्ब ६० करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा वैंकले ५.५ प्रतिशत जगेडा काेष, ७.९८ प्रतिशत निक्षेप संकलन तथा १५.१८ प्रतिशत लगानीमा वृद्धी गरेकाे छ ।

व्याज तथा प्रतिशेयर अाम्दानीमा राम्राे प्रगतिः

बैंकको खुद ब्याज आम्दानी ५२ . २३ प्रतिशतले वृद्धि गरी १ अर्ब ७७ करोड २२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३९ . ५१ प्रतिशतले वृद्धि गरी १ अर्ब ५१ करोड १९ लाख रुपैयाँ पुगेको छ । बैंकले १६ . ८१ प्रतिशतले सुधार ल्याउदै प्रतिशेयर आम्दानी २६ रुपैयाँ ४१ पैसा कायम गरेको छ । गत वर्षकाे प्रतिशेयर आम्दानी २२ रूंपैया ६१ पैसा थियाे ।

प्रमुख वित्तिय सूचकांकहरूः

  • निष्कृय कर्जा १ . ५८ प्रतिशत,
  • जोखिम युक्त सम्पत्ति १२ . ६८ प्रतिशत,
  • प्रतिशेयर आम्दानी २६ . ४१ रुपैयाँ,
  • मूल्य आम्दानी अनुपात १२ . ४२ गुणा,
  • प्रतिशेयर नेटवर्थ १५२ . ५५ रुपैयाँ,
  • तरलता अनुपात २० . ०२ प्रतिशत,
  • कोषको लागत ८ . २९ प्रतिशत र
  • आधार ब्याजदर १०.१७ प्रतिशत रहेको छ ।

 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *