ब्राजिलकाे फुटबल ट्रेनिङ सेन्टरमा आगलागी हुंदा क्लवका १० जना जुनियर खेलाडीकाे मृत्यु
माघ २६, काठमाणडाैः
ब्राजिलको एक फुटबल ट्रेनिङ सेन्टरमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ, ३ जना घाइते भएका छन् ।
रियो द जेनेरियोस्थित ब्राजिलको अत्यधिक लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबका १० खेलाडीको मृत्यु भएको छ। क्लबको कार्यालयमा शुक्रबार आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।
मृत्यु भएकाहरूमा १३ देखि १७ वर्ष उमेर समूहका उक्त क्लवका जुनियर खेलाडीहरू रहेका छन । उनीहरू क्लवकाे खेलकाे अभ्यास गरिरहेका बेला अागलागी भएकाे स्थानीय टिभि तथा खवरपत्रिकाहरूले जनाएका छन । पाँच पटक ब्राजिलको सिरि ए लिग जितेको यो क्लब यसवर्ष अंक तालिकाको दोस्रो स्थानमा छ ।


उक्त क्लवकाे प्रशिक्षणस्थलमा स्थानीय समयानुसार बिहान ५ बजे आगलागी भएको थियो । आगलागीको कारण अहिलेसम्म खुलेको छैन ।
- एएफपि
