काेपा अमेरिका फूटबलः पेरुले ब्राजिलसँग फाइनल खेल्ने

Investopaper, असार १९, २०७६

पेरुले कोपा अमेरिका २०१९ को बिहीबार विहान भएको दोस्रो सेमिफाइनलमा चिलीलाई ३–० ले हराएर फाइनल यात्रा तय गरेको छ । फाइनलको उसको सामना ब्राजिलसँग हुनेछ ।

हारपछि दुई पल्टको डिफेन्डिङ च्याम्पियन चिलीको उपाधिमा ह्याट्रिक गर्ने सपना समाप्त भएको छ। पोर्टो एलेग्रेमा भएको खेलमा पेरुले हात पारेको जितमा एडिसन फलोरेसले २१ औं मिनेटमा पहिलो गोल गरे। पहिलो हाफकै ३८ औं मिनेटमा योसिमार युटनले दोस्रो गोल थपे। तेस्रो गोल जोसे पाओलोको नाममा रह्यो र उनले खेलको इन्ज्युरी समयमा गोल गरे।

अब फाइनल रियो जे जेनेरियोको प्रसिद्ध माकाराना रंगशालामा आइतबार हुनेछ। समूह चरणमा ब्राजिल र पेरु एकै समूहमा थिए। त्यस खेलमा ब्राजिलले पेरुलाई ५–० ले हराएको थियो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *