मुक्तिनाथ विकास बैंकको सञ्चालकहरुद्वारा सपथ ग्रहण
Investopaper,पौष३, २०७६
काठमान्डौँ। मुक्तिनाथ विकास बैंक लि.कोे तेह्रौँ वार्षिक साधारण सभाले आगामी चार वर्षको लागि नयाँ सञ्चालक समितिको चयन गरेको छ । साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट श्री भरतराज ढकाल, श्री गजेन्द्र मान श्रेष्ठ र श्री रविन्द्र मान श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीका तर्फबाट श्रीमती निर्मला कुमारी के.सी. (कार्की) र श्री शालिग्राम मिश्रलाई सर्वसम्मत चयन गरेको हो । बैंकले विभिन्न क्षेत्रमा लामो अनुभव भएका प्रतिष्ठित व्यक्तिहरुलाई सञ्चालकको रुपमा पाएको छ । नवगठित सञ्चालकहरुको पहिलो बैठकले यस बैंकको स्थापनाकालदेखि १२ वर्ष सम्म प्रमुख कार्यकारी अधिकृत रहनु भएका श्री भरतराज ढकाललाई सर्वसम्मत अध्यक्षको रुपमा चयन गरेको छ ।

समितिका अध्यक्ष श्री भरतराज ढकालले नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहमा डेपुटी गभर्नर श्री चिन्तामणि शिवाकोटीबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ । साथै, अन्य नवनिर्वाचित सञ्चालकहरुलाई समितिका अध्यक्ष श्री भरतराज ढकालले सपथ ग्रहण गराउनु भएको छ ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैँकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिनुभयो।
