यो वर्ष मात्रै अमेरिकाबाट ११५ नेपालली निष्काशित

Investopaper,पौष ३, २०७६

गैरकानुनी रूपमा अमेरिका आएको आरोपमा यो वर्ष मात्रै ११५ जना नेपालीलाई फर्काएको अधिकारीहरूले बताएका छन्।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई पठाएको रिपोर्टको अनुसार यो वर्ष वैशाखयता मात्रै अमेरिकाले ११५ जना नेपालीलाई आफनो देशबाट निष्काशन गरेको छ।हरेक दिन जसो धेरै पैसा कमाउने आसमा नेपालीहरु दलालीको माध्यमबाट अबैँधानिक गएर तरिकाले लाखौँ पैसा लुटाएर जाने गरेको पाइएको छ। ब्यूरो प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ईश्वरबाबु कार्कीका अनुसार “अझै पनि अवैँधानिक बाटो अपनाएर अमेरिका जाने १० देखि १२ हजार नेपालीहरु बाटोमा  रहेका छन्।“

यसै गरि बुधवार पनि  पाँच नेपालीलाई चार्टर्ड विमानमार्फत् काठमाण्डू ल्याएर छाडेको नेपाल प्रहरीले जानकारी दिएको  छ। ती पाँच नेपालीहरू अमेरिकाको जोर्जिया, लुइजियाना, टेक्सस, क्यालिफोर्निया र वाशिङटनबाट समातिएका सम्बन्धित स्रोतले जनाएको छ।

 दलालिको फन्दामा परि अवैधानिक तरिकाले अमेरिका जाने, फर्किएर आउने र कोहि मानवबेचबिखन तस्करीमा परेको उजुरी आउन थालेपछि नेपाल प्रहरीले यसै वर्ष वैशाखमा ब्यूरो स्थापना गरेको थियो। अमेरिकाले निष्काशन गरेका नेपाली आप्रवासीको जानकारी दिन थालेको हो। धेरै उजुरी आउन थालेपछि नेपाल प्रहरीलाई अनुसन्धान गर्न सहज होस् भन्दै त्यस्तो जानकारी दिने गरेको कार्की भन्छन्।

“हरेक दिन जसो आउने उजुरी र फर्किएकासँग लिइएका बयानका आधारमा हामीले जुटाएका विवरण गैरकानुनी बाटोमा रहेका नेपालीहरूको सङ्ख्या आकलन गरिएको हो।”

कम्तीमा छ महिनाको कष्टकर र त्रासदीपूर्ण बाटोबाट अमेरिका पुग्ने बित्तिकै समातिनेहरू पछिल्लो समय निष्काशनमा पर्ने गरेको बताइएको छ। मानव तस्करले विभिन्न मार्ग हुँदै आठदेखि १२ देश कटाएर दक्षिण अमेरिकी देशहरूको बाटो भएर अमेरिका पुर्‍याउने गरेको प्रहरी विवरणले देखाउँछ।

यो घटनाबाट केही पाठ सिकौँ र धेरै पैसा कमाउने लोभमा दलालीको प्रलोभनबाट बचौँ र बचाँउ र आफनै देशमा काम गरौँ सुन यहि फल्छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *