ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित

Investopaper, पौष ३, २०७६

काठमाडौं । वासिङ्टन डीसीमा मतदान चल्दै गर्दा राष्ट्रपति ट्रम्प ब्याटल क्रीक, मिशिगनमा उपराष्ट्रपति माइक पेन्ससँगै चुनावी सभालाई सम्बोधन गर्दै थिए।बुधवारदेखि नै ट्रम्पलाई महाभियोग लगाउने या नलगाउने भन्नेबारे अमेरिकी तल्लो सदनमा बहस चलेको थियो । नेपाली समयअनुसार बिहीबार बिहान बहसपछि भएको मतदानमा  सांसद्गहरु  ट्रम्पविरुद्ध खडा भएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, मतदान हुँदा महाभियोगको पक्षमा २३० मत परेको थियो भने विपक्षमा १९७ मत परेको थियो। महाभियोग पारितका लागि २१६ मत आवश्यक पर्नेमा १४ मत बढी परेको हो। यस मतदान पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धक महाभियोग प्रस्ताव अमेरिकाको तल्लो सदनबाट पारित भएको छ ।

तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले मतदान सकिएपछि शक्तिको दुरुपयोग अभियोगमा ट्रम्पमाथि महाभियोग लागेको बताएकी छन् ।

डोनल्ड ट्रम्प अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सबाट महाभियोग लगाइएका तेस्रो अमेरिकी राष्ट्रपति बनेका छन्।

पहिलो दफा अनुसार मतदान भएलगत्तै ट्रम्पविरुद्ध महाभियोग लागेको छ र उनी एन्ड्रु जोनसन र बिल क्लिन्टनपछि अमेरिकी इतिहासमा महाभियोगको सामना गर्ने तेस्रो राष्ट्रपति बनेका छन्। अब महाभियोगको विषयमा माथिल्लो सदन सिनेटमा प्रवेश गर्दैछ। । माथिल्लो सदनमा भने ट्रम्पको पार्टी रिपब्लिकन सांसदहरुको बहुमत छ ।

ह्वाइट हाउसले एक वक्तव्य निकाल्दै सिनेटमा हुने सुनुवाइका जेजस्तो आए पनि माथिल्लो सदनमा रिपब्लिकन पार्टीको बहुमत भएकोले र  राष्ट्रपतिले देश र जनताको लागि राम्रो काम गरेकोले राष्ट्रपति “निर्दोष साबित हुने कुरामा विश्वस्त” रहेको बताएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *