उन्नति लघुवित्तको नाफा १.२६ कराेड, जगेडा काेष चुक्ता पूँजीभन्दा धेरै

Investopaper, कार्तिक २८, २०७६

उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निकै राम्राे प्रगति हासिल गरेको छ। लघुवित्तले सो अवधिसम्ममा १ करोड २६ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

लघुवित्तले कमाएको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.६९ प्रतिशत बढी हो। लघुवित्तले गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ८४ लाख ५१ हजार खुद नाफा आर्जन गरेको थियो। असोज मसान्तसम्ममा लघुवित्तको जगेडा कोष ९ करोड ५३ लाख रहेको छ। यो गत आवको यसै अवधिको तुलनामा ५ करोड १८ लाख बढी हो।

लघुवित्तले असोज मसान्तसम्ममा ५९ करोड ६६ लाख निक्षेप र १ अर्ब ५ करोड १६ लाख सापटीबाट १ अर्ब ५५ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

लघुवित्तले गत आर्थिक वर्षामा २ कराेड ३६ लाख व्याज कमाएकाेमा यस अवधिमा ३ करोड ६२ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ। लघुवित्तले सो अवधिसम्ममा १ करोड ९६ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ।

उन्नति लघुवित्तकाे बित्तीय सूचकांकहरूः

  • यस लघुवित्तको चुक्ता पूँजी ८ करोड ८२ लाख ७५ हजार रहेको छ।
  • जगेडा कोष ९ करोड ५३ लाख रहेको छ।
  • गत आवको तुलनामा निष्क्रिय कर्जा ०.७४ प्रतिशतबाट बढेर १.८५ प्रतिशत पुगेको छ।
  • लघुवित्तको प्रतिशेयर आम्दानी ५७ रुपैयाँ ३३ पैसा रहेको छ ।
  • प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ४ पैसा कायम भएको छ।
  • लघुवित्तको मूल्य आम्दानी अनुपात १५.३२ गुणा रहेको छ।
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *