मुलुकमा लगानीको उपयुक्त वातावरण बनेको छ : वरिष्ठ उपाध्यक्ष ढकाल
इन्भेष्टाेपेपर । फागुन २३, २०७७
काभ्रे — नेपाल उद्योग वाणिज्यमहा संघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले मुलुकमा व्यावसायिक गतिविधि गर्नका लागि उपयुक्त वातावरण बनेको बताउनु भएको छ। शनिबार काभ्रे उद्योग वाणिज्य संघको ४१औँ वार्षिक साधारणसभा तथा अधिवेशन लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्य क्षढकालले अहिले बैंकको व्याजदर एकल अङ्कमा आएको र कोभिड–१९ को प्रकोप पनि विस्तारै कम हुदै गएकोले मुलुकमा लगानीको लागि उपयुक्त वातारण तयार भएको बताउनु भएको छ।
बैंक तथा व्यवसायीहरु बीचको सम्बन्ध सुमधुर रहनु पर्ने बताउँदै ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेकाढकालले अब बैंक लाई गालि गरेर बस्ने अवस्था नरहेको बताउनुभयो। “अहिले बैंकको व्याजदर र आधारदर सिङ्गल डिजिटमा झरेको छ।स्प्रेडदर पनि केन्द्रीय बैंकले तोकेको दर भन्दा पनि तल झरि सकेको छ। अब तपाई हामीले बैंकलाई गाली गरेर बस्ने होइन व्यावसायिक गतिविधिहरुलाई बढाउनु पर्नेबेला आएकोछ,” उहाँले भन्नुभयो।
मुलुक भित्र लगानीमैत्री वातावरण थप सुधार गर्दै जानको लागि अहिलेको कर तथा भ्याटकोदरमा पनि विस्तारै परिमार्जन गर्दै जानुपर्ने बताउँदै उहाँले यसकालागि महासंघले निजीक्षेत्रको तर्फबाट सरकार तथा सम्बन्धित निकाय समक्ष आवाज उठाउने कुरा बताउनुभयो। उहाँले निर्वाचन पछि सबै समूह एकभएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो।
“निर्वाचनको समयमा पक्ष तथा विपक्ष भएर निर्वाचनको मैदानमा उत्रिए पनि निर्वाचन सकिएकै दिन देखि सबै पक्ष मिलेर अगाडि बढ्नु पर्ने हुन्छ,” उहाँले भन्नुभयो। उहाँले अहिलेको महासंघको नेतृत्वले मुलुकमा व्यावसायिक वातावरण बनाउन सरकार तथा अन्य सरोकारवाला निकायसँग निरन्तर वार्ता, संवाद तथा सहकार्यजारी राख्ने बताउनुभयो।
वरिष्ठ उपाध्यक्ष ढकालले आज सुरु भएको यस काभ्रेउद्योग वाणिज्य संघको ४१औँवार्षिक साधारण सभाले एउटा जुझारु र सक्षम नेतृत्व चयन गर्ने बताउनुभयो। जिल्ला नगरका साना व्यवसायिहरुका समस्या समाधानमा जिल्ला नगरका नेतृत्वमा रहेका व्यवसायी साथीहरु आफैमा पनि सक्षमरहेको बताउँदै उहाँले जिल्ला\नगरका उद्योगी, व्यवसायीहरुका समस्या समाधानकालागि जिल्ला नगरका व्यवसायीहरुसँग होस्टेमा हैँले गर्न महासंघको नयाँ नेतृत्व सधै तत्पर रहेको बताउनुभयो।
