युवा गायक निशान भट्टराईकाे “तिमीसंग मन साटे” नामक गीत सार्वजनिक (भिडियो सहित)
इन्भेष्टाेपेपर । मङ्सिर २४, २०७७
गायक निशान भट्टराई र गायिका अस्मिता अधिकारीको मधुर स्वरमा “तिमीसंग मन साटे” गीत दर्शकमाझ सार्वजनिक भएको छ ।
गीतमा रबि मल्लको शब्द र सङ्गीत रहेको छ भने सङ्गीत संयोजन दीक्षित पौडेल र मिसिंग/मास्टरिंग प्रकाश मिश्राले गरेका छन् । उक्त गीत अक्वस्टिक नेपाल स्टुडियोमा रेकर्डिंग गरिएको हो ।
निक्लस अर्याल र मुस्कान वाग्लेले रोमान्स गरेको देख्न सकिने यस गीतको भिडियोलाई शोर्निम थापाले निर्देशन गरेका हुन् । भिडियोमा निक्लस र मुस्कानको जोडी खुब जमेको देख्न सकिन्छ ।
