राष्ट्र बैंककाे निर्देशन : बैंक कर्मचारीलाई कोरोना लागे बैंकले सबै खर्च व्यहोर्नुपर्ने

इन्भेष्टोपेपर । श्रावण ३०, २०७७

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई कोरोना लागे अब सम्पूर्ण खर्च सम्बन्धित बैंकले नै व्यहोर्नुपर्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार १४ बुँदे परिपत्र जारी गर्दै बैंक तथा वित्तीय क्षेत्रलाई कर्मचारीमा संक्रमण देखिए पिसिआर टेष्ट लगायत सम्पूर्ण खर्च सम्बन्धित बैंक तथा वित्तीय संस्थाले गर्नुपर्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंककाे निर्देशनअनुसार अब संक्रमित कर्मचारीलाई अस्पतालमा, घर वा होटल जहाँ आइसोलेसनमा राखे पनि बैंकले खर्च भर्नु पर्ने र कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा आएका कर्मचारीहरुलाई पनि बैंककै खर्चमा क्वारेनटाइनमा राख्न समेत भनिएको छ ।

राष्ट्र बैंकले २ सय भन्दा बढी संक्रमित भएका जिल्लाका बैंक शाखाहरुलाई ५० प्रतिशत कर्मचारीमात्रै राखेर सेवा सञ्चालन गर्न तथा सकेसमम घरबाटै काम गर्ने वाताबरण बनाउन पनि निर्देशन गरेको छ । यस सम्बन्धमा बैंक तथा वित्तीय संस्थामा गरिएका कार्यहरू/निर्णयहरू तथा आन्तरिक परिपत्रहरू भोलि ३० गते शुक्रबारसम्म राष्ट्र बैंकको इमेलमा पठाइ सक्न राष्ट्र बैंकले भनेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *