रुसी राष्ट्रपति पुटिनका प्रवक्तालाई पनि कोरोना संक्रमण
इन्भेष्टोपेपर । वैशाख ३१, २०७७
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पोस्कोभलाई कोरोना सङ्क्रमण भएको पाइएको छ ।
अन्तराष्टिय सञ्चारमाध्यका अनुसार ५२ वर्षीय पेस्कोभले आफै यसबारेमा जानकारी दिनुभएकाे हाे । हाल वहाँ मस्कोको एक अस्पतालमा भर्ना हुनुभएकाे छ ।
पछिल्लो केही हप्तादेखि रुसमा कोरोना भाइरस सङ्क्रमणको दर निकै बढेको छ । पछिल्लो केही दिनयता दैनिक १० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमितको सङ्ख्याको आधारमा रुस विश्वको तेस्रो स्थानमा छ ।
पछिल्लाे २४ घण्टामा रूसमा १० हजार ८ सय ९९ जना नयाँ संक्रमित थपिएसंगै कुल संक्रमितकाे संख्या २ लाख ३२ हजार २ सय ४३ पुगेकाे छ । काेराेनाबाट मृत्युहुनेकाे दर भने रूसमा हालसम्म निकै कम छ । हालसम्म जम्मा २ हजार १ सय १६ जनाकाे मृत्यु भएकाे छ भने ४३ हजार ५ सय ४१ जना निकाे भएर घर फर्किएकाछन ।
— एजेन्सी
