विश्वकर्मा पूजाकाे प्रचलन नेपालमा बढदै, किन गरिन्छ त पूजा ?
Investopaper, असाैज ०१, २०७६
प्रत्येक वर्ष असोज १ गतेका दिन मनाइने विश्वकर्मा पूजाकाे प्रचलन नेपालमा पनि बढदै गइरहेकाे छ । बास्तु कलाका सर्जक मानिने विश्वकर्मा बाबाकाे महिमा परापूर्व कालदेखि जाेडिएकाे छ । नेपालमा पनि असाैज १ बुधबार फलाम उद्योग तथा अन्य धातुजन्य कलकारखाना र सवारी साधनमा पूजाआजा गरेर मनाइँदै छ ।
विश्वकर्मा पूजाका अवसरमा बिहानैदेखि कलकारखाना, उद्योगमा रंगीचंगी ध्वजापताका टाग्नुका साथै विशेष पूजा गरिएको छ । सवारीसाधन हुनेले बिहानै सवारीसाधनको सफा गरी पूजा गरेका छन् भने अन्य सार्वजनिक सवारीका साधनलाई पनि रिवन तथा विभिन्न ध्वजापताका लगाएर सिंगारिएको छ ।
आज पूजा गरिसकेपछि दिनभर ती सामानको प्रयोग नगर्ने चलन पनि छ । विगतमा विशेष गरी भारतसंग जाेडिएका तराई क्षेत्रका शहरहरूमा धुमधामका साथ विश्वकर्मा पूजा गरिने गरेकामा पछिल्ला केही वर्ष यता पहाडी जिल्लामा पनि यसको गरिमा र महत्व बढ्दै गएको छ ।

छिमेकी देश भारतमा त विश्वकर्मा पूजा निकै राैनकताकासाथ मनाइन्छ । विशेषत फलामकाे कलकारखाना तथा यन्त्रशालामा काम गर्ने मजदूरहरूले हर्साेल्लासकासाथ मनाउने गर्दछन । पाैराणिक कालका स्वप्न नगरीहरू निर्माण विश्वकर्मा बाबासंग जाेडिएकाछन । अर्थात उनकै कारिगरी र शिल्पि अनुरूप निर्माण भएकाे मानिन्छ ।
प्राचीनकालमा बनेका सुन्दर शहरहरू विश्वकर्मा बाबाले निर्माण गरेकाे भन्ने भनाइ छ । सत्ययुगकाे चित्ताकर्षक र सुरम्य “स्वर्ग लाेक” , त्रेतायुगमा बनेकाे सुनैसुनकाे मनमाेहक “लँका शहर” , द्वापरयुगमा बनेकाे कारिगरीपूर्ण नगरी “द्वारिका” तथा कलियुगमा बनाइएकाे “हस्तिनापुर” विश्वकर्मा बाबाले बनाएकाे मानिन्छ ।
वास्तु कला, स्थापत्य कलाका बहुप्रतिभाशाली शिक्षक विश्वकर्माका जन्मदाता वास्तुदेव पनि ख्याति प्राप्त सर्जक, कलाकार थिए भन्ने धर्मग्रन्थहरूमा उल्लेख गरेकाे पाइन्छ । बाबु भन्दा छाेरा अरू अनाैठाे प्रतिभाका धनि भएकाे वर्णन गरिएकाे छ ।
विश्वकर्मा बाबाका ५ जना सन्तानहरू विभिन्न विधाका दक्ष कालिगढ थिए जसकाे नाम मनु, माेय, तिभाष्टा, शिल्पी र दैभाग्य थियाे । मनु फलामसंग जाेडिएका थिए, माेय काठकाे कारिगर थिए, ढलाैट र तामाकाे काम तिभाष्टाले सम्हालेका थिए । त्यसैगरि शिल्पीले माटाे/इट्टामा महारथ प्राप्त गरेका थिए भने दैभाग्यले सुनचाँदीकाे काम गर्दथे ।
विश्वकर्मा बाबाकाे उपासनाले विभिन्न विधामा निपूर्ण भै महारथ प्राप्त गर्न सकिन्छ भन्ने विश्वास गरिन्छ ।
