अचम्म ! एउटै ढुंगाबाट बनेकाे १२०० वर्ष पुरानाे प्राचीन मन्दिर
इन्भेष्टोपेपर । पुष २०, २०७८
नेपाल र भारत भनेका मन्दिरहरूका देश हुन्, जहाँ हरेक स्थानमा मन्दिर भेटिन्छ। केही मन्दिर अत्यन्त प्राचीन छन् भने केहीचाहिँ नयाँ पनि छन्। नेपाल र भारतमा हरेक दिन मन्दिर बनिरहेका हुन्छन्। मन्दिरमा भगवानको पूजा गरिन्छ।
कैलाश मन्दिर, एलोरा कैलाश मन्दिरलाई हिमालयकाे कैलाशकाे रूप दिनमा एलोराका वास्तुकारहरूले केही कमी गरेनन्। शिवकाे याे दुई तले मन्दिर पर्वतका ठोस चट्टानलाई काटेर बनाइएकाे छ।
एलोराकाे याे कैलाश मन्दिर भारत महाराष्ट्रकाे औरंगाबाद जिल्लामा प्रसिद्ध ‘एलोराका गुफ़ाहरू’ मा अवस्थित छ। यसकाे खास विशेषता के हाे भने याे मन्दिर संसारभरिमा नै एक मात्र पत्थरकाे शिलाबाट बनेकाे सबेभन्दा ठूलाे मूर्तिका लागि विश्व प्रसिद्ध छ।
यस मन्दिरलाई तयार गर्न झण्डै १५० वर्ष लागेकाे थियाे र लगभग ७००० कालिगढहरूले लगातार काम गरेका थिए। कलाकारिताका दृष्टिले कैलाश मन्दिर अद्भुत देखिन्छ। मन्दिर एलोराकाे गुफा संख्या १६ मा अवस्थित छ। यस मन्दिरमा कैलाश पर्वतकाे अनुकृति निर्माण गरिएकाे छ।

एलोरामा तीन प्रकारका गुफाहरू छन्ः-
महायानी बौद्ध गुफाहरू, पौराणिक हिन्दू गुफाहरू र दिगम्बर जैन गुफाहरू । यी गुफाहरू मध्ये केवल एक मात्र गुफा १२ तले छ, जसलाई ‘कैलाश मन्दिर ’ भनिन्छ। यस मन्दिर काे निर्माण राष्ट्रकूटका शासक कृष्ण प्रथमले गराएका थिए।
याे गुफा शिल्प कलाकाे एक अद्भुत नमूना हाे। एउटै मात्र चट्टानलाई काटेर बनाइएकाे यस विशाल र भव्य मन्दिरका प्रत्येक मूर्तिकाे शिल्पकला अत्यन्त उच्च कोटिकाे छ। यी गुफाहरूभन्दा एक किलोमिटर परकाे दूरीमा एलोरा गाउँ छ। यही गाउँकाे नामबाट नै यी ‘एलोरा गुफाहरू’ काे नाम रहन गएकाे हाे।
— एजेन्सीकाे सहयाेगमा
