ज्योति विकास बैंक लिमिटेडको १४औं वार्षिकोत्सव सम्पन्न
इन्भेष्टाेपेपर । साउन १०, २०७९
काठमाण्डाैँ । ज्योति विकास बैंकले श्रावण ९ गते सोमबारको दिन स्थापनाको १४औं वार्षिकोत्सव मनाएको छ। बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु, कर्मचारी र ग्राहकहरुको उपस्थितिमा कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा वार्षिकोत्सव मनाएकोहो । साथै, कार्यक्रममा बैंकका संस्थापक अध्यक्ष ध्रुवकुमार उप्रेती रसंस्थापक शेयरधनी तथा भुतपूर्व अध्यक्ष ध्रुवराज भट्टराईको पनि उपस्थिति रहेको थियो।
वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ, जसमा कर्मचारी, ग्राहक र अन्य सर्वसाधारणले रक्तदान गरेकाछन् । सोहिअवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रहि योगदानदिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ। सञ्चालक समितिका अध्यक्ष हरिचन्द्रखड्का तथा प्रमुखकार्यकारी अधिकृत श्रीचन्द्रभट्टले संयुक्तरुपमा कर्मचारीहरुलाई पदक तथा कदरपत्र प्रदान गर्नुभएको थियो।
यसका साथै वार्षिकोत्सवको अवसरमा बैंकले काठमाडौं महानगरपालिका वडानं. १५, डल्लुस्थित बैंकको ११९औं शाखाको औपचारिक उद्घाटन पनि गरेकोछ। डल्लु शाखासहित ज्योति विकास बैंकको ११९ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ६५ वटा एटीएम पुगेको छ।
