डिएचआइ ब्रान्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु नेपाली बजारमा
इन्भेष्टाेपेपर । साउन १०, २०७९
काठमाडौँ । डिएचआइ इलेक्ट्रोनिक्स प्रा. ली., नेपाली उपभोक्ताहरुको माग तथा आवश्यकतालाई मध्यनजर गर्दै एक कार्यक्रमबीच जुलाई २४, २०२२ मा काठमाडौँमा, डिएचआइ ब्रान्ड लन्च गरी उक्त ब्राण्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु अनावरण गर्यो ।
उक्त कार्यक्रममा डि एच आइ ब्रान्डका बिभिन्न उत्पादनहरु प्रदर्शन गरियो, जसमा डिएचआइका घरेलु तथा होम इन्टरटेन्मेन्टका उपकरणहरु अन्तर्गत टेलिभिजन, वाशिङ मेसिन, रेफ्रिजरेटर, इन्डक्सन चुलो, राइस कुकर, एयर कुलर, किचन चिम्नी, भ्याकुम क्लिनर र चेस्ट फ्रीजर लगयतका अन्य घरेलु उपकरणहरु राखिएको थियो ।
देशमा पेट्रोलियम पद्धार्थको आयातले व्यापार घाटालाई थप चुनौतीपूर्ण बनाइरहेको स्थितिमा आफ्नै देशको उर्जा खपत गरी अर्थतन्त्रमा पर्नजाने आर्थिक भार कम गर्न पनि डिएचआइका उर्जा कुशल विद्युतीय उपकरणहरुले महत्चपूर्ण भूमिका खेल्नेछ ।
डिएचआइका प्रमुख कार्यकारी अधिकृत केशवकान्त पौडेल भन्नुहुन्छ, ‘ डिएचआइ होम एप्लायन्स का नवीनतम प्रविधि र उत्कृष्ट गुणस्तरका उत्पादनहरु बजारमा उपलब्ध छन् जुन निकै सुविधाजनक, भरपर्दा र तुलनात्मक रुपमा प्रतिस्पर्धी मुल्यमा उपलब्ध छन् । हामीले डिएचआइ ब्रान्डका उत्कृष्ट उत्पादनहरु मार्फत ग्राहकहरुको सन्तुष्टिलाई मध्यनजर गर्दै प्रत्येक घरलाई सुखी घर बनाउने लक्ष्य राखेका छौ र हाम्रा ग्राहकहरुको मन पनि जितिरहेका छौँ ।’
डिएचआइ इलेक्ट्रोनिक्सले करीब दुई वर्षयता नेपालमा सेट–टप बक्सको निर्माण र वितरणमा अग्रणी भूमिका खेल्दै आएकोमा पछिल्लो समय स्वदेशी बजारमा इलेक्ट्रोनिक्स र घरायसी उत्पादनहरुको मागलाई मध्यनजर नगरी डिएचआइ ब्रान्ड अन्तर्गत आफ्नो गुणस्तरीय उत्पादनहरु बजारमा ल्याएको छ ।
