असाैज मसान्तसम्म २१ प्रतिशतलाई पूर्ण खोप

इन्भेष्टोपेपर । कार्तिक ३, २०७८

काठमाडौँ ।  नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड ५० लाखभन्दा माथि पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक करोड ५० लाख ४८ हजार २८८ जनाले खोप लगाइसकेका छन् । जसमध्ये ६४ लाख ८५ हजार ९२३ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् भने एक मात्रा मात्रै लगाउनेको सङ्ख्या ८५ लाख ६२ हजार ३६५ छ ।

यस्तै नेपालको कुल जनसङ्ख्यामा २१ प्रतिशतभन्दा बढीले पूर्ण मात्रा खोप लगाइसकेका छन् भने २८ प्रतिशत बढीले पहिलो मात्रा लगाएका छन् । १८ वर्षमाथिका लक्षित समूहमा ४३ प्रतिशतले कम्तीमा पहिलो डोज र ३२.६ प्रतिशतले पूर्ण डोज खोप लगाएका छन् । १५ वर्ष माथिका दुई करोड १७ लाखभन्दा बढीलाई खोप लगाउने लक्ष्य सरकारले लिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर एक हजार ९६ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ९५७ र एन्टिजेन परीक्षणबाट १३९ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा आठ हजार १४० नमुनाको पीसीआर र एक हजार ७७६ एन्टिजेन परीक्षण गरिएको थियो ।

यस्तै एक हजार चार जना निको भएका छन् । गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट १२ जनाको मृत्यु भएको छ । हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ८१५ छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *