अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध

इन्भेष्टोपेपर । मंसिर १७, २०७८

गण्डकी ।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चितताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

अपाङ्गता भएका व्यक्तिको ३०औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले शिक्षा, स्वास्थ्य तथा रोजगारीमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको समान पहुँच स्थापित गर्न सरकारले काम गर्दै आएको जानकारी दिनुुभयो । 

अपाङ्गताामैत्री संरचना, अपाङ्गता समावेशी नीति कानून, पहुँचयुक्त सूचना प्रविधि, विशेष सामाजिक सुरक्षा, सामाजिक भेदभावबाट मुक्ति, निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिको अर्थपूर्ण सहभागिता र  राजनीतिक अधिकारको सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको सन्देशमा भनिएको छ ।

हरेक वर्ष ३ डिसेम्बरका दिन मनाइने यस दिवसको अन्तर्राष्ट्रिय नारा ‘लिडर एन्ड पार्टिसिपेसन अफ पर्सन विथ डिसाबिलिटिज टुवार्ड एन इन्क्लुसिभ एक्सेसिबल एन्ड सस्टेनेबल पोष्ट कोभिड–१९ वल्र्ड’ छ । नेपालमा ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार’ नाराका साथ यो दिवस मनाउन लागिएको छ ।

कोभिड–१९ र त्यसपछि सिर्जित समस्याका कारण अपाङ्गता भएका व्यक्तिको  दैनिक जीवन अत्यन्तै कठिनपूर्ण रहेको भन्दै मुख्यमन्त्री पोखरेलले सन्देशमा यस्तो परिस्थितिमा स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता आधारभूत विषयमा पहुँच बढाउन जरुरी रहेको बताउनुभएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *