रमेश विकलको स्मृतिमा चित्रकला प्रतियोगिता

इन्भेष्टोपेपर । मंसिर १७, २०७८

काठमाडौँ । अब्बल चित्रकार समेत रहनुभएका विशिष्ट आख्यानकार रमेश विकलको स्मृतिमा राजधानीमा माध्यमिक विद्यालयस्तरीय स्थलगत चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । 
 
‘अरुणिमा एजुकेशन फाउण्डेशन’ले गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीको नवअरुणिमा माध्यमिक विद्यालयमा आयोजना गरेको प्रतियोगितामा विद्यासागर स्कुलकी रुस्मा सेन्चुरी पहिलो हुनुभयो । सोही विद्यालयकी अनिता डङ्गोल दोस्रो तथा पाँच पोखरी मोडेल स्कुलकी अम्बिका तामाङ तेस्रो हुनुभयो । प्रतियोगितामा शान्त्वना पुरस्कार ग्रीनतारा एकेडेमीकी एलिसा राईले प्राप्त गर्नुभयो । 

विजयी विद्यार्थीलाई ललितकला प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, अरुणिमा एजुकेशन फाउण्डेशनका प्रधानाध्यापक ईश्वरीप्रसाद लामिछाने, रमेश विकल साहित्य प्रतिष्ठानका महासचिव विजय चालिसे, अरुणिमा कलेजका प्रमुख केशव जोशी, नवअरूणिमा विद्याल व्यवस्थापन समितिका अध्यक्ष वसन्त रिजाललगायतले ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभयो । 
 
‘कोरोना कहर र मेरो गाउँघर’ शीर्षकको उक्त प्रतियोगितामा निर्णायकको भूमिकामा राजन काफ्ले र कुशल हमाल रहनु भएको थियो । प्रतियोगितामा कक्षा ६ देखि १० मा अध्ययनरत विभिन्न १९ विद्यालयका ५५ छात्र छात्रा सहभागी थिए ।

प्रत्येक वर्ष आयोजना गरिने सो प्रतियोगिता सञ्चालनका लागि अरुणिमा एजुकेशन फाउण्डेशनले रु एक लाखको अक्षयकोष स्थापना गरेको छ । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति चित्रकारलगायत वक्ताले चित्रकलामा निपूर्ण हुन विद्यार्थीकालदेखि नै नियमित अभ्यास गर्नुपर्नेमा जोड दिनुभएका थिए ।  (रासस) 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *